logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • एमालेको जनसंगठनमा अब स्थायी कमिटीको अन्त्य 

    922Shares
    एमालेको जनसंगठनमा अब स्थायी कमिटीको अन्त्य 

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएका अध्यादेशहरू पारित गर्न खोज्नु सरकारको कर्तव्य भएको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि पहल गर्ने निर्णय गरेको हो ।उनले भने, ‘जनसंगठनमा केन्द्रिय कमिटी, सचिवालय,र स्थायी कमिटीको व्यवस्था थियो । अब स्थायी कमिटीको अन्त्य गरी केन्द्रिय समिति र सचिवालय मात्र राख्ने र कमिटीको आकार घटाउने साथै पदाधिकारीको संख्या कम गर्ने प्रस्ताव आजको बैठकले स्वीकृत गरेको छ ।’

    “जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो । स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने,” निर्णय सुनाउँदै महासचिव शंकर पोखरेलले भने ।

    बैठकले एमाले केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीका दाजु फणीन्द्र ज्ञवाली र अनुशासन आयोगका अध्यक्ष केशव बडालको पत्नी शान्ति बडालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट