logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • भूमि अध्यादेश पारित गर्न बिचौलियाहरुले अरर्वौको चलखेल गर्न खोजेको: उपेन्द्र यादव

    895Shares
    भूमि अध्यादेश पारित गर्न बिचौलियाहरुले अरर्वौको चलखेल गर्न खोजेको: उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताएका छन् ।भूमिसम्बन्धी अध्यादेशका बिषयमा वौद्धिक पेशाकर्मी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा उहाले भूमिसम्बन्धी अध्यादेश देशमा हितमा नरहेको भन्दै सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन् । उहाले भूमि अध्यादेश फिर्ता लिन सरकारसँग माग समेत गर्नुभयो । भूमि अध्यादेश पारित गर्न बिचौलियाहरुले अरर्वौको चलखेल गर्न खोजेको आफुले सुनेको  बताएका छन्  । वन बिनास गरेर देशलाई मरुभूमिकरण गर्ने कानून स्वीकार्य नहुने भन्दै उहाले अध्यादेशले वास्तविक भूमिहिनको समस्या समाधान समेत गर्न नसक्ने धारणा राखेका छन् ।

    ‘सुरुमा मधेस समाप्त हुन्छ, त्यसपछि पुरै देश नै समाप्त हुन्छ’ अध्यक्ष यादवले भने- ‘सन् १९५४ मा पनि युएनका विज्ञले चुरेलाई रोक भनेको तर सरकारले रोक्न सकेन, बरु पुनर्वास कम्पनी खडा गरेर बसाइसराइ वृद्धि गरेर वन विनाश गर्ने काम भयो ।’ अहिले सो क्षेत्रमा चार फिटसम्म पानी पाउन छाडेको उनले बताए । अहिले  मधेसमा पनि थुप्रै ठाउँमा पानी पाउन छाडिएको भन्दै यसलाई जोगाउन आवश्यक रहेको यादवले बताए ।

    ‘धेरैवटा अध्यादेश विगतमा सरकारले फिर्ता लिएका छन् । सुकुमवासी भूमिहीनको पहिचान गरौं, समस्या समाधान कसरी गर्ने विज्ञ राखेर बहस गरौं, र वैज्ञानिक बाटो अपनाएर सधैंका लागि समस्या समाधान गरौं,’ उनले भने ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट