काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शान्ति प्रक्रियाका बाँकी काम तदारुकताका साथ अघि बढेको बताएकी छन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भएको भेटवार्तामा मन्त्री राणाले यस्तो बताएकी उनको सचिवालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा देउवाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन् ।
‘मन्त्री डा. देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संक्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरेको’ उनले सचिवालयले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया