logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • सरकारलाई देवेन्द्र पौडेलेको प्रश्न– कुलमानले के गल्ती गरे ?

    928Shares
    सरकारलाई देवेन्द्र पौडेलेको प्रश्न– कुलमानले के गल्ती गरे ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ऊर्जा मन्त्रालयका पछिल्ला गतिविधिमा प्रश्न उठाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले मन्त्रीको आलोचना गर्दा दूधकोसी जलविद्ययुत्‌का सीईओ विमल गुरुङलाई कारबाही गरिएको विषयमा प्रश्न उठाएका हुन् ।उनले भने,‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भनेर हल्ला सुनिन्छ । उज्यालो नेपाल बनाएर के गल्ती गरे, घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे, मुलुकलाई लोडसेडिङ मुक्त गराउँदा के गल्ती गरे कुलमानले, भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले ?’
    साथै उनले विद्युत् नियमन आयोगले विद्युत् महसुल तिर्नेहरूको लाइन काट्ने कि नतिर्नेहरूको काट्ने भन्दै प्रश्न समेत गरे । उनले कुलमान घिसिङले घाटामा गएको विद्युत प्राधिकरण नाफामा ल्याएको जिकिर गरे ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट