logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • जर्मनी आमचुनावमा कन्जरभेटिभ सबैभन्दा ठूलो पार्टी बने

    898Shares
    जर्मनी आमचुनावमा कन्जरभेटिभ सबैभन्दा ठूलो पार्टी बने

    काठमाडौं । जर्मनीमा सम्पन्न संसदीय चुनावमा रुढीवादी पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो पार्टी बनेको छ ।

    सीडीयू/सीएसयू पार्टीका नेता फ्रिड्रिख मर्त्जले आफ्नो पार्टीको जितमा खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आज हामी उत्सव मनाइरहेका छौं । भोलिदेखि काम गर्नेछौं ।’

    जर्मनीमा चुनावपछि मतगणना सम्पन्न भइसकेको छ । चुनावी नतिजाअनुसार अल्टरनेटिभ फर जर्मन पार्टी (एएफडी) दोस्रो र सोशल डेमोक्रेटिक पार्टी तेस्रो भएको छ । नतिजा आएसँगै युरोपेली नेताहरूबाट पनि प्रतिक्रिया आउन थालेको छ ।

    ब्रिटेनका प्रधानमन्त्री कीएर स्टार्मरले भनेका छन्, ‘म जर्मनीको नयाँ सरकारसँग मिलेर काम गर्न र दुवै देशबीच पहिलेदेखि रहेको मजबुत सम्बन्धलाई अझ राम्रो बनाउँदै काम गर्नका लागि तयार छु ।’ उनले ब्रिटेन र जर्मनी दुवै एकसाथ मिलेर दुवै देशको सुरक्षा र विकासका लागि काम गर्ने प्रतिक्रिया दिएका छन् ।

    फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोनले कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिकलाई बधाई दिएका छन् । उनले बलियो युरोपको लागि मिलेर काम गर्ने बताएका छन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट