काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएको दाबी गरेका छन् ।
आइतबार रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘प्रचण्डको चकचक देखेपछि, उपद्रो देखेपछि आजित भएको कांग्रेस र एमालेले मिलेर अहिलेको सरकार बन्यो,’ महामन्त्री थापाले भने ।
साथै, उनले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार ०८४ सम्म चल्ने पनि जिकिर गरे । ‘एउटा प्रसंगले हामीलाई एकठाउँमा पुर्यायो । अब ०८४ सालसम्म हाम्रो तर्फबाट कुनै पनि चकचक हुँदैन, कुनै पनि उपद्रो हुँदैन,’ महामन्त्री थापाले भने ।सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा परेसँगै अन्तर्राष्ट्रिय वित्तीय कारोबार समस्यामा
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया