logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • रुस र युक्रेनका सरकार प्रमुखलाई साउदीमा वार्ता गराउने अमेरिकाको कुटनीतिक तयारी

    898Shares
    रुस र युक्रेनका सरकार प्रमुखलाई साउदीमा वार्ता गराउने अमेरिकाको कुटनीतिक तयारी

    मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रुस–युक्रेन युद्ध अन्त्यका लागि रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने भएका छन् ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदी अरबमा रुसी अधिकारीहरूसँग भेट्ने योजना बनाएको बताउनुभएको बीबीसीले जनाएको छ । वार्तामा रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ पनि सहभागी हुने बीबीसीको खबरमा उल्लेख छ ।

    युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलोगले वार्तामा अमेरिका, रुस र युक्रेन सहभागी हुने बताउनुभएको छ । तर युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने साउदी अरबमा हुने भनिएको वार्ताका लागि युक्रेनलाई निमन्त्रणा नगरिएको बताउनुभएको छ ।

    यसैबीच युरोपेली नेताहरूले युरोपसँग सल्लाह नगरी अमेरिका–रुसबीच शान्ति वार्ता अगाडि बढिरहेको भन्दै आपत्ति जनाएका बीबीसीले जनाएको छ । यसबारेमा छलफल गर्न युरोपेली नेताहरू अर्को हप्ता फ्रान्सको पेरिसमा भेला हुँदैछन् ।

    अमेरिकी विदेशमन्त्री रुबियोले हिजो रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुराकानी गर्नुभएको थियो । त्यसपछि साउदी असरमा वार्ता गर्ने कार्यक्रम बनेको हो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट