logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा

    913Shares
    अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा

    काठमाण्डाै । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा मनमाया दमाई र सुष्मा तामाङले पहिलो पटक मौका पाएका छन् । यस्तै रेनुका हमाल र चन्द्रा भण्डारी टोलीमा फर्किएका छन् । टोलीको गोलकीपरमा कप्तान एन्जिलासहित, अञ्जना राना मगर र उषा नाथ छन् ।

    यस्तै डिफेन्डरमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई छन् । मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

    आउँदो सोमवार फागुन ५ गतेदेखि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुने चारदेशीय महिला फुटबल प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तान छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट