काठमाडौं । अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध
अविरल वर्षापछि दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा सडक तथा यातायात सेवा प्रभावित भएको छ। मंगलबार बिहान खसेको पहिरोका कारण दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ का दुई स्थान र बैतडीको गोकुलेश्वर–लटिनाथ सडक खण्डको एक स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिरोले सडक बन्द भएपछि उक्त मार्गमा सवारीसाधन सञ्चालन हुन सकेको छैन। जसका कारण यात्रुहरू गन्तव्यमा पुग्न कठिनाइ भोगिरहेका छन्।
सडक खुलाउने प्रयासस्वरूप स्थानीय तहको समन्वयमा पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको जनाइएको छ।
प्रहरीले लगातारको वर्षासँगै थप पहिरो खस्ने जोखिम कायम रहेकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मौसममा सुधार नआएसम्म जोखिमयुक्त सडक खण्डमा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया