logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • आजदेखि नेसपा(नयाँ शक्ति)को महाधिवेशन

    907Shares
    आजदेखि नेसपा(नयाँ शक्ति)को महाधिवेशन

    काठमाडौं ।नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आइतबारदेखि हुँदैछ।
    काठमाडौंमा हुने पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीले जनाएको छ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिइन्।

    पहिलो महाधिवेशन राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिने यमीले बताइन्।

    साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने नेसपाले जनाएको छ ।
    मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको नेसपा (नयाँ शक्ति)ले जनाएको छ।



    फास्ट न्युज    
  • २०८१ माघ २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट