logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • न्यूजिल्याण्डको एउटा पहाडलाई मानिस सरहको कानुनी अधिकार

    913Shares
    न्यूजिल्याण्डको एउटा पहाडलाई मानिस सरहको कानुनी अधिकार

    न्यूजिल्याण्डले एउटा पहाडलाई मानिस सरहको कानुनी अधिकार प्रदान गरेको छ । वर्षौंको वार्तापछि न्युजिल्याण्डको संसदले टारानाकी माउङ्गा नामको पहाडलाई कानुनी व्यक्तित्व प्रदान गर्ने विधेयक पारित गरेको बीबीसीले जनाएको छ ।

    विधेयक अनुसार अब टारानाकी पहाड आफ्नो मालिक आफैं भएको छ । यसको व्यवस्थापन स्थानीय माओरी आदिवासी समुदाय र सरकारी प्रतिनिधिहरूको संयुक्त समितिले गर्नेछ । यो निर्णयले उपनिवेशकालमा माओरी समुदायमाथि भएको अन्याय र उनीहरूको जमिन अधिग्रहणको क्षतिपूर्ति गर्ने लक्ष्य राखेको बीबीसीले जनाएको छ ।

    पहाडको औपचारिक नाम एगमोन्टबाट परिवर्तन गरी टारानाकी माउङ्गा कायम भएको छ । एगमोन्ट भन्ने नाम बेलायती अन्वेषक जेम्स कूकले १८ औँ शताब्दीमा दिएका थिए ।

    सरकारले सन् १८६० को दशकमा स्थानीय माओरी समुदायबाट पहाड र दश लाख एकडभन्दा बढी जमिन अधिग्रहण गरेकोमा क्षमायाचनासमेत गरेको छ । यो पहाडमा सर्वसाधारणको पहुँचमा यथावत् रहने छ । दुई हजार पाँच सय १८ मिटर अग्लो यो पर्वत ज्वालामुखीबाट बनेको हो ।

    न्यूजिल्याण्डले यसअघि सन् २०१४ मा उरेवेरा वन क्षेत्र र २०१७ मा ह्वानगानुई नदीलाई पनि यस्तै कानुनी व्यक्तित्व प्रदान गरिएको थियो । माओरी पार्टीले यो निर्णयले पहाडलाई अन्याय र घृणाको बन्धनबाट मुक्त गरेको बताउनुभएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट