logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • अमेरिकामा फेरि टिकटक चल्यो

    928Shares
    अमेरिकामा फेरि टिकटक चल्यो

    न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गरेपछि टिकटकलाई ब्युँताउने बताएपछि अहिले अमेरिकाका १७० मिलियन प्रयोगकर्तामा टिकटकको पहुँच पुगिसकेको छ। यस अघि शनिबार अमेरिकाको न्यायालयले सुरक्षाको कारण देखाउँदै यसलाई बर्जित गरेको थियो।

    यअघि टिकटकलाई प्रतिबन्ध लगाउने पक्षमा वकालत गर्दै आएका ट्रम्पले आइतबार भने यसको अध्ययनका लागि केही समय लाग्ने भएकाले हतार नगर्ने बताएका हुन्। एप चल्न थालेपछि धेरैले ट्रम्पलाई धन्यवाद समेत दिएका छन्।

    टिकटकका प्रमुख कार्यकारी सो चिउ सोमबार ट्रम्पको शपथ ग्रहण कार्यक्रममा उपस्थित हुने अनुमान गरिएको छ। उनले केही समय लिएर कसरी आफ्नो देशलाई सुरक्षित बनाउन सकिन्छ भन्ने यकिन भएपछि मात्र थप निर्णय गर्ने बताए। अप्रिल महिनामा नै ऐन पास भएपछि अमेरिकी भर्सनको एप सबै डिभाइसबाट हटेको थियो।



    फास्ट न्युज    
  • २०८१ माघ ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट