logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • काठमाडौंमा चिनियाँ नयाँ वर्षको रौनक

    1KShares
    काठमाडौंमा चिनियाँ नयाँ वर्षको रौनक

    काठमाडौँ । आइतबार काठमाडौँको ठमेलमा चिनियाँ नयाँ वर्ष मनाइएको छ। ठमेलस्थित सञ्चय कोष भवन अगाडि एक कार्यक्रम गरी नयाँ वर्ष मनाइएको हो। लुनार पात्रोअनुसार निर्धारण हुने चिनियाँ परम्परामा नयाँ वर्ष प्रायः जनवरी वा फेब्रुअरीमा पर्दछ।

    चिनियाँहरूले यो पर्वलाई १५ दिनसम्म मनाउने गर्दछन्। परिवारबाट टाढा रहेका चिनियाँहरू यो समयमा सकेसम्म एक ठाउँ भेला हुने परम्परा रहेको छ। नयाँ वर्षका बेला साँझ परिवारका सदस्य भई खाना खाने गर्दछन् जसलाई स्थानीय संस्कृतिमा ‘रेयुनिनल डिनर’ भन्ने गरिन्छ।

    आज काठमाडौँको ठमेलमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ तथा उपसभामुख इन्दिरा रानालगायतको उपस्थिति थियो। ‘चिनियाँ नयाँ वर्ष परेड माघ ६’ ब्यानरमा आयोजित कार्यक्रममा चिनियाँ संस्कृति झल्किने सांस्कृतिक पहिरन, नृत्य, गीतसंगीत, झाँकी तथा बाजागाजासहित ठमेल परिक्रमा गरिएको थियो।

     



    फास्ट न्युज    
  • २०८१ माघ ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट