काठमाडौं– नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनले भने, सबै विपक्षी दलहरूलाई बोलाइएको छ सायद सबै आउनुहुन्छ । बैठकमा सरकारको कार्यशैली संसद नबोलाउनुको कारण लगायतका विषयमा छलफल हुनेछ। पछिल्लोपटक जारी भएको अध्यादेशको विषयमा पनि छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको उनको भनाइ छ ।
सरकारले चारवटा अध्यादेश ल्याएपछि विपक्षी दलहरू पहिलोपटक जुट्न लागेका हुन्। अहिलेसम्म विपक्षी दलहरूले आफ्नोआफ्नो पार्टीमा समेत छलफल गरेको बुझिएको छ। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशका सन्दर्भमा विपक्षी दलहरू सबै रुष्ट छन्। संसद बोलाउनुपर्ने अवस्थामा अध्यादेश ल्याएको भन्दै ओलीको कडा आलोचना भएका बेलामा माओवादी केन्द्रले विपक्षीहरूलाई एक ठाउँमा भेला गर्न लागेको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया