logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गर्याे, एक जनाकाे ज्यान गयाे

    976Shares
    भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गर्याे, एक जनाकाे ज्यान गयाे

    चितवन । जिल्लाको माडीमा भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गरेको छ । माडी नगरपालिका- ३ का चार पुरुषलाई आज दिउँसो गैंडाले आक्रमण गर्दा भैंसी चराउन गएका ५६ वर्षीय छविलाल बोटको घटनास्थलमै मृत्यु भएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार निकुञ्ज क्षेत्रमा भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणमा पर्ने अन्य तीन जनामा माडी नगरपालिका- ३ घर भएका ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोट रहेका छन् ।

    उनीहरुमध्ये हेमराज महतो र राजु बोटको शरीरमा चोटपटक लागेको छ । उनीहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ । राजु बोटको अवस्था सामान्य भएकाले उनलाई भने घर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८१ माघ १, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट