logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • दलको संख्या घटाउन ‘थ्रेसहोल्ड’ बढाउने तयारीमा सरकार

    997Shares
    दलको संख्या घटाउन ‘थ्रेसहोल्ड’ बढाउने तयारीमा सरकार

    काठमाडौं । सरकारले संघीय संसदमा राजनीतिक दलको संख्या घटाउन निर्वाचन ‘थ्रेसहोल्ड’ (राष्ट्रिय दलको मान्यता पाउन र समानुपातिक सिट प्राप्त गर्ने पाउनुपर्ने मतको सीमा) बढाउन लागेको छ ।

    यसका लागि निर्वाचन ऐन संशोधन गर्नेगरी गृह मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको छ । गृह मन्त्रालयले तयार पारेको निर्वाचन ऐन संशोधन विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको राय लिन अगाडि बढाउने तयारी सरकारको छ ।

    राष्ट्रिय दलको मान्यता पाउने आधारसम्बन्धी व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५२ मा छ । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको हुनुपर्ने व्यवस्था छ ।

    प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा ११ मा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको ३ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलका तर्फबाट मात्र उम्मेदवार निर्वाचन हुने व्यवस्था छ



    फास्ट न्युज    
  • २०८१ पुष २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट