logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • आज एमालेको केन्द्रीय कमिटीको बैठक सकिने

    883Shares
    आज एमालेको केन्द्रीय कमिटीको बैठक सकिने

    काठमाडौं ।नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक मंगलबार सकिँदैछ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा चलिरहेको बैठकमा आज पनि पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नेछन्।

    आइतबारदेखि सुरू भएको बैठकमा अहिलेसम्म ९८ जना पोलिटब्युरो एवम् केन्द्रीय सदस्यहरूले बोलिसकेका छन् ।
    देशबाट युवा बाहिरिइरहेको अबस्थाप्रति पार्टी र सरकार गम्भीर हुनुपर्ने बैठकमा सहभागीहरुको साझा निष्कर्ष छ।
    स–साना उत्पादनमा जोड दिँदै आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्। ठूलो उद्योग धन्दाको स्थापना र रोजगारी सिर्जना गर्न हाम्रो अर्थतन्त्रको आकार बाधक हुने बताउँदै उनीहरूले स–साना उत्पादन, रोजगारी सिर्जना हुँदै आत्मनिर्भरताको बाटो समात्नुपर्नेमा जोड दिएका हुन्।
    सहभागीहरुले नेपाली कांग्रेससँग अहिले सत्तामा सहकार्य रहेको चुनावमा प्रतिस्पर्धा हुने कुरालाई बुझाएर जानुपर्ने पनि बताएका छन् ।
    बैठकमा सहभागी नेताहरुले बिआरआई सम्झौताप्रति सरकारलाई धन्यवाद दिँदै यसको कार्यान्वयनमा जोड दिएका थिए ।
    पार्टीमा भित्रिएको गुटवन्दी प्रति अधिकाँश सदस्यहरुले चिन्ता व्यक्त गरेका थिए ।
    बैठकमा उठेका प्रश्नहरु र सवालहरुमा पार्टी अध्यक्ष ओलीले जवाफ दिएपछि बैठक आज सकिने बताइएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट