logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • आधा समय उडेपछि बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

    961Shares
    आधा समय उडेपछि बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

    काठमाडौँ। काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको जहाजको इञ्जिनमामा प्राविधिक समस्या आएपछि काठमाडौँतर्फ डाईभर्ट गरिएको छ।

    डान नं. ९५३ जहाज कल साइन ९ एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि  काठमाडौँ डाइभर्ट गरिएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।

    उक्त विमान बिहान ११:१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। जहाजलाई एयरलाइन्सका प्राविधिकले परीक्षणा गरिरहेको कर्णले बताए। उनका अनुसार यात्रुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ।

    अहिले प्राविधिक टोलीले विमानको जाँच गरिरहेको कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको बताइएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट