logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • अण्डाको भाउमा भारी वृद्धि

    976Shares
    अण्डाको भाउमा भारी वृद्धि

    काठमाडौं ।लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन्। निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो।

    शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (सात क्रेट) ३ हजार ६ सय रूपैयाँ र मझौलाको ३ हजार ५ सय रूपैयाँ कायम गरिएको छ।

    नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रूपैयाँ पर्न आउँछ। भाउ बढेसँगै उपभोक्ता मूल्य प्रतिगोटा २२.५० रूपैयाँ कायम गरिएको छ।
    दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ।

    नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार मूल्य बढेसँगै किसानले लागत मूल्य पाउने भएका छन्। दाउन्ने एग्रोफार्म, हिमचुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो) सुविश पोल्ट्री भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाडौंको होलसेल बजारमा शनिबारदेखि कायम हुने गरी नयाँ भाउ कायम गरेका छन्।

    जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल, कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य पनि बढेको उनले बताए।



    फास्ट न्युज    
  • २०८१ पुष १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट