logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

    931Shares
    रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

    पोखरा। सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो।

    जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति मागेको थियो। त्यसलाई अदालतले सदर गरेको अदालका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो। कास्की प्रहरी रविविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ।



    फास्ट न्युज    
  • २०८१ पुष २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार