logo

२०८३ भाद्र १२ शुक्रबार

logo
  • २०८३ भाद्र १२ शुक्रबार
  • मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकियो, ७ लाखभन्दा धेरै नयाँ मतदाता थपिए

    1KShares
    मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकियो, ७ लाखभन्दा धेरै नयाँ मतदाता थपिए

    काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिएको छ । यसअघि कात्तिक मसान्तसम्मका लागि नामावली दर्ताको समय रहेकोमा नयाँ मतदाताको दर्ताको चाप बढेपछि आयोगले हिजोसम्मका लागि समय थप गरेको थियो ।

    यसबीचमा ७ लाखभन्दा धेरै नयाँ मतदाता थपिएको र सबै यकिन विवरण छिट्टै सार्वजनिक गर्ने आयोगले जनाएको छ । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गरेपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको थियो । आयोगले मतदाता नामावलीको त्रुटि सच्याउन यही मंसिर २१ देखि २७ गतेसम्मको समय तोकेको छ ।

    नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि आयोगको वेबसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ ।

    प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट