logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • ‘ज्योति ग्रुप’ औपचारिक रुपमा विभाजन, पद्म ज्योतिको छुट्टै समूहको घोषणा

    970Shares
    ‘ज्योति ग्रुप’ औपचारिक रुपमा विभाजन, पद्म ज्योतिको छुट्टै समूहको घोषणा

    काठमाण्डौ । देशकै पुरानोमध्येको एक ‘ज्योति ग्रुप’ औपचारिक रुपमा विभाजन भएको छ । एकसय चार वर्षअघि मणिहर्ष ज्योतिले स्थापना गरेको ‘ज्योति ग्रुप’ दुई दाजुभाइ पद्म ज्योति र रूप ज्योतिबीचको सम्पत्ति बाँडफाँट र कम्पनीको नेतृत्व विवादले विभाजन भएको हो ।

    हिजो पद्म ज्योतिले अलग्गै ‘पद्म ज्योति ग्रुप’ घोषणा गर्नुभएको छ । नयाँ समूहको लोगो पनि सार्वजनिक भएको छ । पद्म ज्योति समूहको अध्यक्षमा पद्म ज्योति तथा संस्थापक सदस्यमा मीरा ज्योति, निर्देशक सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति रहेका छन् ।

    नयाँ समूह घोषणा कार्यक्रममा अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्ष ज्योतिको विरासतलाई आत्मसात गर्दै नयाँ अध्याय शुरु गरेको बताउनुभयो । समूहअन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ ।

    यो समूहको नाममा हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् ।



    फास्ट न्युज    
  • २०८१ पुष १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट