logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • रवि लामिछानेलाई वीरगन्ज ल्याइयो

    928Shares
    रवि लामिछानेलाई वीरगन्ज ल्याइयो

    पोखरा|सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज पुर्‍याइएको छ ।

    प्रहरीका अनुसार उनलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट प्लेनमा सिमरा हुँदै वीरगन्ज ल्याइएको हो ।   सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले  बयानका लागि यहाँ ल्याइएको प्रहरीले जनाएको छ ।

    लामिछानेलाई गत कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ गरी कास्की ल्याइएको थियो । लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन, १५ दिन र आइतबार ४ दिन म्याद थप गरिएको हो ।

    जीवी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभिजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौँ, चितवनमा बयान दिइसकेका छन् । अब उनलाई पर्सामा बयान लिइनेछ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट