काठमाडौं । वरिष्ठ कलाकार नीर शाहलाई यस वर्षको बिजुलीमाया बनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।
व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा २०६४ सालदेखि पुरस्कार रकमको प्रायोजन गर्दै आएका छन् । यस पटकको पुरस्कार बरिष्ठ कलाकार शाहलाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जनकारी दिए ।
कलाकार शाह २०३२ सालदेखि चलचित्र निर्माण, निर्देशन एवं अभिनयमा सक्रिय छन् । साथै गीत लेखनमा पनि सक्रिय छन् ।
आगामी माघ १५ गते हेटौंडामा एक विशेष समारोहका बीच शाहलाई पुरस्कार प्रदान गरिने बताइएको छ ।
२०६४ सालमा दिवंगत संगीतकार अम्बर गुरुङलाई पुरस्कृत गरेर सुरु भएको यस पुरस्कारबाट क्रमशः प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान र राजेन्द्र थापा पुरस्कृत भइसकेका छन् ।

© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया