logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    937Shares
    उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    विभागले राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट