logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको हिरासतमा रविको बास

    1KShares
    जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको हिरासतमा रविको बास

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएको छ । बिहीबार साँझ पोखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं आएका रविलाई हिरासतमा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ उत्रिएका रविलाई त्यहाँबाट प्रहरीले भ्यानमा हालेर परिसर पुर्‍याएको थियो ।

    रविलाई ल्याउने काठमाडौं ल्याउने भएपछि विमानस्थल र परिसर भद्रकाली परिसर वरपर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले स्कर्टिङ गर्दै भद्रकाली ल्याएर उनलाई हिरासतमा राखिएको छ । परिसर स्रोतका अनुसार उनलाई हिरासतको भीआईपी कक्षमा राखिएको छ । यसअघि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पक्राउ परेका एमाले नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी उक्त कक्षमा बसेका थिए । प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यसअघिका मन्त्रीज्यु बसेकै कक्षमा रविलाई राखेका छौं ।’

    भद्रकालीमा परिसरको नयाँ भवन बनेपछि हिरासत कक्ष पनि ठूलो छ । नयाँ भवनको हिरासत अन्य हिरासत भन्दा सफा र बस्नलाई सुविधायुक्त छ । शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय खुलेपछि बयानका लागि पेश गरिने प्रहरीले जनाएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागपछि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइएको हो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट