काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु-१९ एसिया कप क्रिकेट टिमलाई आज बिदाइ गर्दैछ।
हेमन्त धामीको कप्तानीमा आइतबार मात्र युएई जाने १५ सदस्यीय टोलीको घोषणा गरेको क्यानले आज बिदाइ कार्यक्रमको आयोजना गरेको हो। नागपोखरीको एक होटलमा मंगलबार दिउँसो १२ः३० बजेपछि कार्यक्रम आयोजना गरेर क्यानले खेलाडी र अफिसियललाई बिदाइ गर्न लागेको हो।
धामीको कप्तानीमाघोषणा भएको टोलीको उपकप्तानमा अर्जुन कुमाल छन् भने अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया