logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • विद्युत प्राधिकरणले सबै उद्योगमा लाइन जोड्यो

    982Shares
    विद्युत प्राधिकरणले सबै उद्योगमा लाइन जोड्यो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सबै उद्योगहरुमा विद्युत जडान गरेको छ । प्राधिकरणको मंगलबार बसेको बोर्ड बैठकले सबै उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको हो ।

    प्राधिकरणले कात्तिक ८ गते विद्युत महशुल बक्यौता नतिर्ने उद्योगहरुको लाइन काटेको थियो । सरकारको मिति २०८१ कात्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै २४ घण्टाभित्र लाइन जडान गर्ने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषदले २५ गते निर्णय गरेपनि २६ गते बेलुकी मात्रै उर्जा मन्त्रालयलाई पत्राचार गरेको थियो । पत्र प्राप्त भएको २४ घण्टाभित्रै प्राधिकरणले सबै उद्योगहरुमा लाइन जोडेको हो । अब प्राधिकरणले टीओडी मिटर अनुसार प्रमाण सहित बिल पेश गरेर १५ दिनभित्र पैसा असुल गर्नु पर्नेछ ।

    यसअघि प्राधिकरणले किस्ताबन्दीको सुविधामा बक्यौता महशुल तिर्ने योजना बनाएको थियो । मन्त्रिपरिषदको निर्णयसँगै सो योजना समेत हटेको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट