logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • इजरायली प्रधानमन्त्री नेतन्याहुले ट्रम्पलाई दिए बधाई

    946Shares
    इजरायली प्रधानमन्त्री नेतन्याहुले ट्रम्पलाई दिए बधाई

    काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाको राष्ट्रपतिमा जित निश्चित गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । निर्वाचन आयोगले ट्रम्पले जितेको भनेर घोषणा नगरेको भए पनि ट्रम्पले चाँहि आफूले जितेको घोषणा गरिसकेका छन् । यसैबिच विश्वभर बाट ट्रम्पलाई बधाई आउन सुरु भएको छ ।

    ट्रम्पको घोषणापछि इजरायली प्रधानमन्त्री नेतान्याहूले ट्विटरमा आफू र पत्नी सारासँगै ट्रम्पको तस्वीर राख्दै उनको जितलाई इतिहासको सबैभन्दा ठूलो पुनरागमन भनेका छन् । ‘ऐतिहासिक महान् पुनरागमनका लागि बधाई’ भनेर उनले भनेका छन् ।ह्वाईट हाउसमा ऐतिहासिक पुनरागमनले अमेरिकालाई नयाँ सुरुआत दिने र इजरायल–अमेरिकाबिच महानतम् गठबन्धनको शक्तिशाली प्रतिबद्धताको अवसर दिएको उनले भनेका छन् ।

    अहिलेसम्म ट्रम्पले २६७ र ह्यारिसले २३० इलेक्टोरल मत प्राप्त गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ब्याटलग्राउन्ड राज्यमध्ये सबैभन्दा महत्त्वपूर्ण पेन्सिलभेनिया राज्यमा ट्रम्पले जितेसँगै उनको दोस्रो पटक ह्वाइट हाउन छिर्ने सपना साकार हुने करिब टुंगो लागेको छ । राष्ट्रपति पदमा जीतको लागि इलेक्टोरल सङ्ख्या २७० रहेको छ।

    ट्रम्पको जितलाई उनले ठूला जित भनेका छन् । यसैबिच हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले पनि यस्तै खालको बधाई दिएका छन् । उनले ट्रम्पको जितलाई विश्वलाई अति नै चाहिएको जित भनेका छन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार