logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा १६२ जनाको हत्या

    985Shares
    नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा १६२ जनाको हत्या

    काठमाडौं।नाइजेरियाको क्वारा प्रान्तमा बन्दुकधारीहरूको एक समूहले अन्धाधुन्ध आक्रमण गरी कम्तीमा १६२ जनाको हत्या गरेको छ ।रेड क्रसका क्वारा प्रान्तका सचिव बाबाओमो अयोदेजीका अनुसार १६२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । केही मानिस अझै बेपत्ता छन् ।

    जनवरीको अन्त्यतिर नाइजेरियाली सेनाले आतंकवादी व्यक्तिहरूविरुद्ध सफल अभियान चलाएको स्थानमा यो घटना भएको हो ।काईआमा क्षेत्रका स्थानीय नेता सैदु बाबा अहमदले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार, आक्रमणकारीबाट बच्न धेरै मानिस नजिकैका झाडीहरूमा लुकेका थिए ।

    अहमदका अनुसार फेब्रुअरी ३ को साँझ ६ बजेतिर बन्दुकधारीहरू वोरो गाउँमा प्रवेश गरी पसलहरू र स्थानीय राजाको दरबारमा आगो लगाइदिएका थिए । परम्परागत राजाको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
    नाइजेरियाली सेनाले गत जनवरी ३० मा क्वारा प्रान्तमा करिब १५० जना आतंकवादीहरूलाई मारेको दाबी गरेको थियो । सेनाले बाँकी रहेका केही आतंकवादीहरू जंगलतर्फ भागेको बताएको थियो ।

    नाइजेरियाका धेरै भागहरूमा अहिले हतियारधारी समूहहरूको दबदबा छ । स्थानीय रूपमा डकैत भनिने यी समूहहरूले गाउँहरूमा लुटपाट गर्ने र फिरौतीका लागि अपहरण गर्ने कार्य गर्दै आएका छन् ।



    फास्ट न्युज    
  • २०८२ माघ २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट