logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • चीनमा एकै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय दिइयो

    1.2KShares
    चीनमा एकै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय दिइयो

    काठमाडौं। म्यानमारमा स्क्याम सेन्टर (ठगी केन्द्र)चलाएको आरोपमा चीनको अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।उक्त परिवारका दर्जनौँ सदस्य आपराधिक गतिविधिमा संलग्न भएको पाइएको थियो । परिवारका धेरै अरू सदस्यलाई पनि लामो अवधिको जेल सजाय सुनाइएको छ ।मिङ परिवार म्यानमारको शान्त सीमावर्ती सहर लौक्काईमा शासन गर्ने चार जातमध्ये एकका निम्ति काम गर्थ्यो । उक्त सहर चीनको सीमानजिकै अवस्थित छ, जसलाई उनीहरूले जुवा, लागुऔषध र ठगी केन्द्रको मुख्य थलोमा परिणत गरिदिएका थिए ।त्यसविरुद्ध म्यानमारले कडा कारबाही सुरु गर्दै सन् २०२३ मा यो परिवारका धेरै सदस्यलाई गिरफ्तार गरेको थियो । उनीहरूलाई चिनियाँ अधिकारीको जिम्मा लगाइएको थियो ।

    सोमबार वान्जाउको उत्तरी सहरस्थित एक अदालतले माफिया परिवारका कुल ३९ सदस्यलाई सजाय सुनाएको चीनको सरकारी प्रसारक सीसीटीभीले जनाएको बीबीसीले बताएको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन १४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट