logo

२०८२ जेष्ठ ४ शनिबार

logo
  • शनिबार, ४ जेष्ठ २०८२
  • विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै आजपाद्धारा मधेसमा आम शैक्षिक हडतालको घोषणा

    विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै आजपाद्धारा मधेसमा आम शैक्षिक हडतालको घोषणा

    1.1K
    SHARES
    विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै आजपाद्धारा मधेसमा आम शैक्षिक हडतालको घोषणा

    वीरगंज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले मधेसमा विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षकको माग गर्दै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका बिभिन्न कार्यक्रम गर्ने जनाएको ।



    आजपाका वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेशका इन्चार्ज उपेन्द्र साह र अध्यक्ष उमेश कुशवाहाले आज एक बिज्ञप्ती जारी गर्दै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेका छन् । हालै काठमाडौंमा सम्पन्न भएको आजपाको केन्द्रीय कमिटी बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तेस्रो आन्दोलनको पूर्व तयारीमा आन्दोलनका बिभिन्न चरणबद्ध रणनीति पेश गर्दै सोही अनुसार आन्दोलनको कार्यक्रम आएको छ ।

    आजपाले मधेसका जिल्लाहरुमा भदौ २५ गतेदेखी ३० गतेसम्म प्रत्येक विद्यालयहरुमा संघर्ष समिति गठन गर्ने, असोज २ गतेदेखी ४ गतेसम्म विद्यार्थीहरुको विशेष प्रर्दशन गर्ने, असोज ३ गते संविधानको अन्त्यष्टी यात्रा प्रत्येक जिल्लामा निकाल्ने र वीरगंज, जनकपुरमा विशेष प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरिएको छ ।

    यसैगरी असोज ९ गते देखी २० गतेसम्म प्रत्येक जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्थाको बिषयमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गर्ने र कार्तिक ५ गतेदेखी आम शैक्षिक हडताल गर्ने घोषणा आजपाले गरेको छ ।

    आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसंग पटक पटक माग गर्दा समेत सरकारले कुनै सुनुवाई नगरेका कारण बाध्यभएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । यस बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको तर सरकारले नसुने जस्तो गर्दै आएको आरोप उनले लगाए ।

    शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले नगरेको आजपा केन्द्रीय सदस्य तथा लेखक डा. हेमप्रसाद साहले जनाएका छन् ।


    फास्ट न्युज
  • मंगलबार, १८ भाद्र २०८१
  • सम्बन्धित समाचार