logo

२०८२ जेष्ठ ४ शनिबार

logo
  • शनिबार, ४ जेष्ठ २०८२
  • सुनकोसीमा खसेको हाइलक्स भेटियो तर गाडिमा सवार  तीन यात्रुको अवस्था अझै अज्ञात

    सुनकोसीमा खसेको हाइलक्स भेटियो तर गाडिमा सवार  तीन यात्रुको अवस्था अझै अज्ञात

    3.6K
    SHARES
    सुनकोसीमा खसेको हाइलक्स भेटियो तर गाडिमा सवार  तीन यात्रुको अवस्था अझै अज्ञात

            काठमाडौं । सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडुलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडी भेटिएको छ ।
    जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटना भएको स्थान नजिकै उक्त गाडी भेटिएको छ । गाडीसँगै बेपत्ता भएका तीन जना यात्रुलाई भने फेला पार्न नसकिएको जानकारी दिए । उक्त गाडी अहिले पानीबाट निकाल्ने प्रयास भइरहेको छ ।



    पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना बेपत्ता भएका थिए। गाडीमा सवार चार जनामध्ये एकले हाम फालेर ज्यान बचाएका छन् ।
    जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेकाअनुसार सवारी नम्बर नखुलेको हाइलक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।


    फास्ट न्युज
  • शनिबार, ८ भाद्र २०८१
  • सम्बन्धित समाचार