नवलपरासी, नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता बस्ती डुबानमा परेको छ। बाढीका कारण १०० भन्दा बढी घर प्रभावित भएका छन् भने स्थानीयको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण तीव्र पारिएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीका अनुसार बाढी प्रभावितलाई सुस्तामै रहेको आश्रयस्थलमा राखिएको छ। जोखिममा रहेका महिला, बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर व्यक्तिलाई नदीवारि रहेको बीपी माध्यमिक विद्यालय, बलिनगरमा ल्याउने तयारी भइरहेको छ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। सशस्त्र प्रहरीका अनुसार अहिलेसम्म बाढीमा फसेका २९ जनाको उद्धार गरिएको छ।
सुस्तामा करिब २२० परिवारको बसोबास छ। बाढीबाट कच्ची घरमा बढी क्षति पुगेको स्थानीयले बताएका छन्। सुस्ताको थारू टोलमा सबैभन्दा पहिले बाढी पसेको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया