logo

२०८३ जेष्ठ २ शनिबार

logo
  • २०८३ जेष्ठ २ शनिबार
  • जनकपुर ५१ रनमा अलआउट, सुदूरपश्चिम ७२ रनले विजयी

    1.1KShares
    जनकपुर ५१ रनमा अलआउट, सुदूरपश्चिम ७२ रनले विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । सुदूरपश्चिमले जितका लागि दिएको एक सय २४ रनको लक्ष्य पछ्याएकामा जनकपुरले १२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमा समेटियो ।

    पाँच खे खेलेका जनकपुर र सुदूरपश्चिमको अङ्क तालिकामा समान आठ/आठ अङ्क भएको छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । जनकपुरलाई ५२ रनमा अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई/दुई विकेट लिए । सैफ जैब, स्कट कुगुलेइन र नरेन साउदले समान एक/एक विकेट लिए ।

    लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

    ३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट