logo

२०८३ जेष्ठ १८ सोमबार

logo
  • २०८३ जेष्ठ १८ सोमबार
  • कैलालीमा २ जना रिक्सा चालकलाई प्रहरीले समात्यो

    865Shares
    कैलालीमा २ जना रिक्सा चालकलाई प्रहरीले समात्यो

      कैलाली । कैलालीमा सुरक्षाकर्मीलाई मिलाउने भन्दै रकम असुली गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    शुक्रबार गौरीफन्टा नाकाबाट आइरहेका गोदावरी नगरपालिका २ अत्तरिया बस्ने २७ वर्षीय लोकेन्द्र ओझाबाट केही रकम लिएको आरोपमा दुई जना अटो रिक्सा चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका ३ मिलनचोक बस्ने २५ वर्षीय मनोज बहेडी र धनगढी २ चौराह बस्ने ३१ वर्षीय करन बोहरा रहेका छन् ।उनीहरूले ओझाबाट नेपालतर्फका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनेर दुई हजार भारतीय रूपैयाँ लिएको पाइएपछि दुवै जनालाई सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म त्रिनगरको टोलीले पक्राउ गरेको हो । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट