logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • चट्याङ लागेर दुईको मृत्यु, एक जना घाइते

    856Shares
    चट्याङ लागेर दुईको मृत्यु, एक जना घाइते

    काठमाडौं । कञ्चनपुरमा बुधबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दाेधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनारको रुखमा ओत लाग्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो। यस्तै आजै लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    सोही घटनामा अर्का स्थानीय ३६ वर्षीय जगते सुनार भने घाइते भएका छन्। उनको उपचार दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट