logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाइते

    बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाइते

    416
    SHARES
    बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाइते

    रौतहट ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा यात्रुवाहक बसको अगाडिको पट्टा भाच्चिएर आज बिहान दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।



    काँकडभिट्टाबाट दाङको लागि  गएराती १ बजे हिनेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाइते भएका थिए। घाइतेहरूको निजगढ स्थित सामुदायिक प्रसूति गृह अस्पतालमा ३४ जना र सि.टी अस्पतालमा ९ जनाको उपचार भइरहेको छ ।

    प्रसूति गृहमा उपचाररत मध्ये  छ जना र सि.टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको  इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सुमित कुश्वाहाले बताएका छन् ।

    उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


    फास्ट न्युज
  • सोमबार, ३१ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट