logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • रवि लामिछानेलाई पोखरामा कालो झण्डा, कडा सुरक्षाका बीच ग्यालेक्सी ब्यांक्वेटमा

    796Shares
    रवि लामिछानेलाई पोखरामा कालो झण्डा, कडा सुरक्षाका बीच ग्यालेक्सी ब्यांक्वेटमा

    काठमाडौं । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नाराबाजी र कालो झण्डा देखाएका छन्।

    पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने आएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झण्डा देखाएका हुन् ।

    सभापति लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोपमा पीडितले पूरक जाहेरी दिएका थिए।प्रदर्शनकारीले बैठकस्थलबाहिर सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरिरहेका छन् ।

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८० असोज १८ मा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

    सहकारीकै लगानीमा गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी टेलिभिजन चलाएको थियो । रवि लामिछाने शेयर होल्डर तथा प्रबन्ध निर्देशक थिए । यसअघि रविलाई पोखरामा खोया प्रहार भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २५, मंगलवार १२:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार