काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा गएराति तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत राति करिब साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि सोही बसलाई वीरगञ्जतर्फ जाँदै गरेको अर्को बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार तीनवटै सवारी साधनमा रहेका ६८ यात्रुमध्ये ३७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाले बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचारपछि डिस्चार्ज पाएका छन् भने बाँकी ३४ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया