काठमाडौं ।काठमाडौंबाट रामेछाप तर्फ जाँदै गरेको बस काभ्रेमा दुर्घटना भएको छ। सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् ।
अरनिको यातायातको प्रदेश ३, ००१–००५ ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगर पालिका १० सारादा बतासेस्थित विपि राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा २४ जना यात्रु सवार रहेका थिए। घाइतेहरूमध्ये चालक र सह–चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । बस घटनास्थलमै रहेकोले बाटो एकतर्फी मात्र सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया