काठमाडौँ । काठमाडौँको विभिन्न सुकुम्वासी बस्तीबाट हटाइएका पीडितले माइतीघर मण्डलमा रित्तो थाली बोकेर प्रदर्शन गरेका छन्।सुकुम्वासीले आफ्नो हक र अधिकारको माग गर्दै शुक्रबार प्रदर्शन गरेका हुन्। संयुक्त सुकुम्वासी मोर्चाको अगुवाइमा प्रदर्शनमा उत्रिएका उनीहरूले काठमाडौँ महानगरपालिका र सरकारले चलाएको डोजरको विरोध गरेका छन्।
हातमा रित्ता थाल र चम्चा बोकेर प्रदर्शनमा उत्रिएका उनीहरूले भोकमरी र उठिबासको डर रहेको संकेत गरेका छन्। सुकुम्वासी बस्तीमा डोजर चलाएर नागरिकलाई घरबारविहीन बनाउने कार्यको विरोध गर्दै आफूहरूको अधिकारको रक्षा गर्न माग गरेका छन्। उनीहरूले ‘विकासको नाममा विस्थापन बन्द गर’, ‘सुकुम्वासीको रगतले रंगिएको हात कहाँ गएर धुन्छौँ ?’ लगायतका नारा अंकित प्लेकार्ड बोकेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया