logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • रेल दुर्घटना ३ जना नेपाली सहित १२ जनाको मृत्यु , केहिको सनाखत हुन बाँकी

    853Shares
    रेल दुर्घटना ३ जना नेपाली सहित १२  जनाको मृत्यु , केहिको सनाखत हुन बाँकी

    काठमान्डौ । भारतमा भएको रेल दुर्घटनामा परी केहि नेपाली सहित १२ जनाको मृत्यु भएको बताइएको छ । महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये सात जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमध्ये तीन जना नेपालीसमेत रहेका छन् ।नेपाल निवासी करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीय कमला नवीन भण्डारीको सो दुर्घटनामा परी मृत्यु भएको हो ।

    ज्यान गुमाएकामध्ये भरतको जयगढीका ५० वर्षीय जवकला बुट्टे, २० वर्षीय नसिरुद्दीन बद्रुद्दीन सिद्दीकी, ३५ वर्षीय इम्तियाज अली र ३० वर्षीय बाबु खानको पहिचान खुलेको छ । बाँकी पाँच जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी दर्जनौ घाइते भएका छन । केहि मृतक र घाइतेको पहिचान खुलेको छैन ।



    फास्ट न्युज    
  • २०८१ माघ १०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट