logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    838Shares
    जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    जनकपुरधाम । जनकपुरमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० का सत्यनारायण साह छन् ।

    आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।

    दुर्घटना पश्चात् स्थानीयले सडक अबरुद्ध गरेका छन् । ट्रक चालक ४१ वर्षीय शिवकुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट