logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान

    910Shares
    रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सह(महामन्त्री विपीन आचार्यसँग बयान लिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा आचार्यसँग बयान लिइएको हो ।

    आचार्यले गोर्खा मिडिया नेट्वर्कमा क्रिएटिभ डाइरेक्टरका रूपमा काम गरेका थिए । उक्त मिडियामा हाल फरार गितेन्द्रबाबु राई अध्यक्ष र रास्वपाका वर्तमान सभापति रवि लामिछाने प्रबन्ध निर्देशक थिए । समितिले आइतबार नै रास्वपा सभापति लामिछानेसँग पनि बयान लिने तयारी गरेको थियो । तर अन्य बयानका क्रममा पोलेका बयानकर्ताहरूको संख्या बढेकाले कार्यसूची फेरिएको छ ।

    पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र बुटवलका सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेट्वर्कमा लगानी आएको देखिएको थियो । समितिले कागजात अध्ययन गर्दा त्यस कार्यमा आचार्यको पनि संलग्नता देखिएको थियो। आचार्यले सहकारीबाट झिकेको पैसा गोर्खा मिडियासँगै निजी प्रयोजनमा पनि लगाएको देखिएको समितिका एक सदस्यले बताए । गोर्खा मिडियामा हुँदा आचार्यले सूर्यदर्शन सहकारी र सुप्रिम सहकारीबाट कारोबार गरेको देखिएको समितिका एक सदस्यले खबरहबलाई बताएका छन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार