logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • प्रधानमन्त्री शाहले मंगलबार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै

    751Shares
    प्रधानमन्त्री शाहले मंगलबार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै

    काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग मङ्गलबार संयुक्त भेटवार्ता गर्नु हुनेछ ।

    प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो ।

    प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

    यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो । रासस



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट