logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • एमाले महाधिवेशनमा आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदै

    1.1KShares
    एमाले महाधिवेशनमा आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदै

    काठमाडौं। नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुनेछ ।मतदान बिहान ८ बजेबाट सुरु हुने एमालेले बताएको छ ।हिजो साँझ नै हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको थियो । साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका रहे पनि प्राविधिक तयारी नपुगेको भन्दै मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको थियो ।एमाले प्रतिनिधिलाई आज बिहान भृकुटीमण्डपमा उपस्थिति हुन भनिएको छ । विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ ।

    एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् ।महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट