काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ०८२ जेठ १ देखि ४ गतेसम्म महाधिवेशन गर्ने भएको छ ।
सोमबार बसेको स्थायी कमिटीले महाधिवेशनको मिति सारेको उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए । त्यस्तै बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीमा लाग्ने समेत निर्णय गरेको छ ।
अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलका अनुसार सोमबार बसेको संगठनको स्थायी कमिटी बैठकले महाधिवेशनबारे निर्णय लिएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया