logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट एक सय २९ जना पक्राउ

    850Shares
    जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट एक सय २९ जना पक्राउ

    काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट एक सय २९ जनापक्राउ गरेको छ ।
    काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी रामनगर पाटीप्यालेस नजिक बस्ने ४३ वर्षीय सूर्य भन्ने रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्लाप्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६९ हजार ८ सय १० रूपैयाँ र ९ बुकतास सहित पक्राउ गरेको हो ।
    नुवाकोट, बिदुर नगरपालिका–५ माथिल्लो पिपलटार ठुलोगाउँबस्ने ३० वर्षीय बिनोद कुमालको घरमा कौडा खेलिरहेको अवस्थामा बिनोद समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्लाप्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७हजार ९ सय १० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

    मुस्ताङ, घरपझोङ गाउँपालिका–२ मार्फास्थितफिरोज लालचनको होटल माउन्ट भिल्लाएण्ड रेष्टुरेन्टबाटजुवातास खेलिरहेको अवस्थामा सोहीठाउँबस्ने ५० वर्षीय सुरजलालचन समेत १२ जनालाई आइतबार साँझप्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५२ हजार ८ सय रूपैयाँ र८ बुक तास सहित पक्राउ गरेको हो ।
    पाँचथर, फिदिमनगरपालिका–१ बस्ने ५६ वर्षीय खेमनाथअधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामाअधिकारी समेत ३ जनालाई आइतबार रातिप्रहरीले पक्राउ गरेको छ ।

    जिल्लाप्रहरी कार्यालय पाँचथरबाटखटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५ सय३० रूपैयाँ र कौडा १६ थान सहितपक्राउ गरेको हो ।
    बाँके, नेपालगंजउपमहानगरपालिका–४ सल्यानीबाग बस्ने सुवाषता रामी मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोहीउपमहानगरपालिका–४ बस्ने ४० वर्षीय पृतमशाक्य समेत १४ जनालाई गए रातिप्रहरीले पक्राउ गरेको छ । वडाप्रहरी कार्यालयनेपालगंजबाटखटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ८ सय २० रूपैयाँ र ४बुक तास सहित पक्राउ गरेको हो ।
    नवलपरासीपूर्व, मध्यबिन्दु नगरपालिका–१५ बस्ने दानबहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोहीनगरपालिका–१५ बस्ने ५१ वर्षीय खेम प्रसाद पाण्डेसमेत ९ जनालाई गए रातिप्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकीतम्सरियाबाटखटिएकोप्रहरीले उनीहरूलाई नगद २६ हजार ४ सय ५ रूपैयाँ र कौडा १६ थान सहितपक्राउ गरेको हो ।

    कैलाली, गौरीगंगानगरपालिका–१ गोप्काबस्ने ४२ वर्षीय भैरब चन्दको रोयल फेम्लीरेष्टुरेन्टएण्डबारमा कौडा खेलिरहेको अवस्थामाचन्द समेत २० जनालाई आइतबार रातिप्रहरीले पक्राउ गरेको छ ।
    इलाकाप्रहरी कार्यालय मालाखेतीबाटखटिएको प्रहरीले. उनीहरूलाई नगद ६९ हजार ९ सय ११ रूपैयाँ सहितपक्राउ गरेको हो ।
    यसैगरी कैलाली, धनगढीउपमहानगरपालिका–७गौडी चोक बस्ने सुरेश चौधरीकोघरमा जुवातास खेलिरहेको अवस्थामा सोहीउपमहानगरपालिका–७बस्ने २४ वर्षीय मुकेशचौधरी समेत ८ जनालाई सोमबार बिहानप्रहरीले पक्राउ गरेको छ । अस्थायीप्रहरी पोष्टमनहेराबाट  खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार २ सय रूपैयाँ र २ बुक तास सहितपक्राउ गरेको हो ।कञ्चनपुर, बेदकोट नगरपालिका–४ बगुनबस्ने ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातासखेलिरहेको अवस्थामा भट्ट समेत २० जनालाई सोमबार बिहानप्रहरीले पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाटखटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ९८रूपैयाँ र ३ सय पत्तीतास सहितपक्राउ गरेको हो ।यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका–९ राजघाट स्थित यज्ञबहादुर महराको मदिरा पसलमा  जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर नगरपालिका–९ राजघाटबस्ने ५० वर्षीय जियाराम चौधरी समेत १० जनालाई गए रातिप्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाटखटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार २ सय १० रूपैयाँ र २ बुक तास सहितपक्राउ गरेको हो ।
    बर्दिया, बढैयाताल  गाउँपालिका–५ बढैयागाउँस्थित टहरोमा जुवातास खेलिरहेको
    अवस्थामा सोही गाउँपालिका–४ बस्ने २५ वर्षीय राजनथापा समेत ८ जनालाई सोमबारबिहानप्रहरीले पक्राउ गरेको छ । जिल्लाप्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय बाँसगढी र इलाकाप्रहरी कार्यालय मैनापोखरबाटखटिएको प्रहरीले उनीहरूलाई नगद ५७हजार १ सय २४ रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट