logo

२०८१ कार्तिक २४ शनिबार

logo
  • शनिबार, २४ कार्तिक २०८१
  • कैलालीबाट अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ

    कैलालीबाट अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ

    507
    SHARES
    कैलालीबाट अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ

      कैलाली । कैलालीमा ६ जना भारतीय नागरिकलाई पक्राउ गरिएको जनाइएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट भन्सार छली गरि ल्याइएको ४ लाख भन्दा वढिको सामान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले भारतसँग जोडिएका नाकाबाट भन्सार छली गरी ल्याइएको चार लाख ६५ हजार ८१० रुपैयाँ बराबरको सामान बरामद गरिएको जानकारी दिनुभयो ।



    पक्राउ पर्नेमा ४५ वर्षीय ईब्राहिम खान, २१ वर्षीय सुसिल कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खान रहेका छन् । उनीहरुलाई कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

     


    फास्ट न्युज
  • बिहिबार, ८ कार्तिक २०८१
  • सम्बन्धित समाचार